रणवीरको खुलासाः १२ बर्षमै कण्डमको प्रयोग, कैयौं यूवतीसँग शारीरिक सम्बन्ध

चलचित्र ‘बाजिराव मस्तानी’को सफलताले एकाएक उचाइमा पुगेका बलिउड नायक रणवीर सिंहले नयाँ खुलासा गरेका छन् । जीक्यू म्यागेजिनको जनवरी अंकका लागि उनले दिएको अन्र्तवार्तामा उनले आफ्नो जीवनको यस्तो कुरा खुलाएका छन्, जुन कुरालाई धेरै मनिस गोप्य राख्न चाहन्छन् । रणवीरले आफूले पहिलो पटक १२ बर्षमा कण्डमको प्रयोग गरेको बताएका छन् ।

बलिउडका अधिकांश कलाकारले कण्डमको विज्ञापन गर्न नमानिरहेको समयमा रणवीरले यसको विज्ञापनमा मोडलिङ गरेका थिए । उनले १२ बर्षको उमेरमा पहिलो पटक प्रयोग गरेको कण्डमको व्रान्डकै विज्ञापनमा काम गरेको खुलाएका हुन् । यो विज्ञापन उनले नै लेखेका थिए ।


रणवीरका अनुसार उनले २६ बर्षको उमेरसम्म कैयौ यूवतीसँग शारीरिक सम्बन्ध राखेका थिए । तर, पछि उनको सोच बदलिएको थियो । उनका अनुसार यसरी यूवतीसँग सम्बन्ध राख्नु भन्दा कुनै यूवतीसँग  रिलेशनमा रहनु नै उत्तम हुने सोचाइमा उनमा आएको थियो । उनी अहिले आफू पूर्ण रुपमा बदलिएको बताउँछन् । पूर्ण रुपमा बदलिएर आफू धेरै अगाडि पुगेको रणवीरको वुझाई छ।

No comments:

Post a Comment