क्रिकेट संघ क्यानको सम्पूर्ण जिम्मेवारी कर्मचारी भावना घिमिरेलाई

राष्ट्रिय खेलकुद परिषदले नेपाल क्रिकेट संघ क्यानको नयाँ कार्यसमितिलाई बेवास्ता गर्दै क्यानको समग्र कार्यसञ्चालनको जिम्मा प्रमुख कार्यकारी अधिकृत भावना घिमिरेलाई दिन पत्राचार गरेको छ । पछिल्लो पटक भएको निर्वाचनलाई मान्यता दिन अस्वीकार गरेको क्यानले घिमिरेलाई नै जिम्मेवारी दिने तयारी गरेको छ ।


 टंक आङबुहाङ नेतृत्वको कार्यसमितिको म्याद सकिएकाले नयाँ कार्यसमिति चयन नभएसम्मका लागि क्यानको सम्पुर्ण कार्यसञ्चालन लगायत एसीसी र आइसीसीसंगको समन्वयका लागि पनि परिषदको स्वीकृतिमा काम गर्न राखेपले सीइओ भावना घिमिरेलाई निर्देशन दिएको हो । गत पुस २ गते परिषदको असहमतिका वावजुद चतुरबहादुर चन्दको नेतृत्वमा गठन भएको क्यानलाई पुरै वाईपास गर्दै राखेपले कार्यसञ्चालन अघिकार कर्मचारीको हातमा सुम्पेको हो । यसबाट क्यानको विवादले नयाँ रुप लिने निश्चित भएको छ । क्यानको नयाँ कार्यसमितिलाई राखेप सहित एसीसी र आइसीसीले पनि मान्यता दिएको छैन । यता क्यानको नवनिर्वाचित अध्यक्ष चतुरबहादुर चन्दले भने परिषदको निर्णय गैह्रकानुनी रहेको भन्दै परिषदले विधि र विधान मिचेको आरोप लगाउनुभएको छ ।

No comments:

Post a Comment