एक तिहाई महिलाहरु अश्लिल चलचित्र हेर्ने

लण्डन । आजको डिजिटल युगमा पोर्न अर्थात् अश्लिल कुरा हेर्नु सामान्य र सहज भएको छ । तर पछिल्ला अनुसन्धानले यस्ता अश्लील सामग्री हेर्नेहरुमा महिलाहरुको संख्या पनि बढ्दै गइरहेको छ ।

यस्तै एउटा नयाँ अनुसन्धानमा तीनजनामा एकजना महिलाले हरेक हप्ता अश्लिल चलचित्र या सामग्री हेर्ने तथ्य सार्वजनिक भएको छ।

बेलायती पत्रिका द इण्डेपेन्डेन्टले जनाए अनुसार, अन्तर्राष्ट्रिय महिला पत्रिका मेरी क्लेयरका लागि स्पेनको अनलाई सर्भे फर्म टाइपफोर्मुले गरेको यो अनुसन्धानमा ३००० महिलाहरुमा ९० प्रतिशत अनलाईनमा र दुई तिहाई महिलाहरु आफ्नो फोनमा पोर्न हेर्ने गर्दछन् ।

सर्वेक्षणमा ३१ प्रतिशत महिलाहरुले हरेक हप्ता पोर्न हेर्ने बताएका थिए भने ३० प्रतिशतले भने कहिलेकाहिँ हेर्ने बताए । कस्ता खालका पोर्न हेर्न उनीहरु मन पराउँछन् त भन्ने प्रश्नमा ६३ प्रतिशतले पुरुष र महिलाका बीचका यौनसम्बन्ध हुने हेट्रोसेक्सुअल पोर्न हेर्न मन पराउने बताएका थिए । यसैगरी ४४ प्रतिशतले लेस्बियन, ३१ प्रतिशतले भने दुबै किसिमका हेर्ने बताएका थितए । अचम्मको कुरा १३ प्रतिशले पुरुष पुरुषबीचको सेक्स अर्थात् गे सेक्न भएका पो्र्न सामग्री हेर्न मन पराउने बताए ।



यो सर्भेमा अधिकांश महिलाहरु एक्लो भएको बेला यस्ता सामग्री हेर्न मन पराउने बताइएको छ । यस्ता चलचित्रले आफ्नो यौन जीवनमा सकारात्मक प्रभाव पार्ने अधिकांशले बताए ।

No comments:

Post a Comment