रूस-टर्की तनाव उत्कर्षमा, रुसले टर्कीको डुंगामाथि गोली वर्षायो

मस्को–रुस र टर्कीबीचको जारी तनाव झन बढ्दै गएको छ। रुसले टर्कीको एक डुंगामाथि गोलीबारी गरेपछि दुईदेशबीचको तनावले उग्र रुप लिएको छ। रुसले टर्कीको डुंगामाथि गरेको गोलीबारीलाई टर्कीलाई चेतावनी दिन गरेको तर्क गरेको छ।
 अन्तर्राष्ट्रिय संचारमाध्यमका अनुसार एजियन सागरमा रुसले वारसिप स्मेतलाइवीबाट गोली वर्षाएको थियो। रुसले भने ५ सय मिनट नजिकै आएको डुंगाले आफ्नो डुंगालाई ठक्कर दिन लागेपछि गोली प्रहार गरेको जनाएको छ। सो विषयमा रुसले टर्कीको राजदूतावासलाई जानकारी गराएको छ। रुसको रक्षा मन्त्रालयले एक विज्ञप्ति जारी गरी एजियन सागरमा टर्कीको माछा मार्ने डुंगाले यद्धपोतद्वारा दिएको चेतावनीको बेवास्ता गर्दै वारसिपभन्दा पाँच सय मिटरमात्र टाढा आएपछि बाध्य भएर गोली चलाउनु परेको जनाएको छ। गोली प्रहारपछि टर्कीको सो डुंगाले आफ्नो बाटो परिवर्तन गरेको थियो।
टर्कीले २४ नोभेम्बरमा रुसको लडाकु विमान खसालेको थियो। जसमा एक चालकको मृत्यु भएको थियो। सो घटनापछि रुसले कडा प्रतिक्रिया दिँदै टर्कीले आफ्नो ढाडमा छुरा हानेको राष्ट्रपति भ्यादिमिर पुटिनले प्रतिक्रिया दिएका थिए। तर अमेरिकालगायत नेटो सदस्य राष्ट्रले भने रुसी विमान टर्कीको सीमानामा प्रवेश गरेपछि टर्कीले सो विमान खसालेको दाबी गरेका थिए। रुसी विमान खसालेपछि रुसले टर्कीमा आपूर्ति हुने खाद्य बस्तु निर्यातमा प्रतिबन्द लगाएको छ। मस्कोले टर्कीका राष्ट्रपति तय्यप एर्दोगान र उनको परिवारको आतंकवादी संगठन इस्लामिक स्टेटसँग गैरकानुनी तरिकाले तेलको व्यापार गर्ने गरेको आरोप लगाएको छ।

No comments:

Post a Comment