सन्नी लियोन आमा बन्ने तयारीमा

मुम्बइ- पाेर्न  दुनियाँ हुँदै बलिउडमा प्रवेश गरेकी सन्नी लियोन चाँडै नै आमा बन्ने तयारीमा छन्। उनका पति डायनियल वेभर र उनको लामो समय अघिदेखि नै बच्चा जन्माउन चाहेको तर व्यस्तताका कारण सही समय नपाएको लियोनले बताएकी छिन्। परिवारबाट निरन्तर दबाबका आउन थालेपछि छिट्टै आमा बन्ने निर्णय लिएको लियोनको भनाइ छ।


उनले भनिन्, 'आमा बन्ने त पक्का – पक्की नै हो , अब समय तोक्न मात्र बाँकी छ।' आफ्नो रहरले भन्दापनि परिवारको दबाबले आमा बन्न लागेको लियोनले हालै एक अन्तरवार्तामा बताएकी छन् । वैवाहिक जीवनको बारेमा सोध्दा उनले भनिन् , 'डायनियल मेरो आत्मिय साथी हुन् , जिन्दगीका आरोह –अवरोहहरु हामीलेसँगै काटेका छौँ । म मेरा हरेक कुरा हरेक समस्या डायनियलसगं साट्न सक्छु । चाहे जतिसुकै गम्भिर या मुर्ख कुरा किन नहोस्।'

भारतीय संचारमाध्यमका अनुसार लियोनको लाइफ पुरै डायनियलको कन्ट्रोलमा चल्छ तर पनि उनी खुशी छिन् । 'एउटा एक्टरले पाउनुपर्ने हरेक स्वतन्त्रता र मौका गुमाउनु परेको छैन , हरेक काम दुबै जनाको सहयोग र सहमतीमा गर्छौ , आाफ्नो निर्णय आफै गर्ने छुट पनि पाएको छु , मेरो लाइफ पुरै स्ट्रेस फ्रि छ' उनले भनिन् । 'आज सन्नीले जे छिन् जहां छिन् डायनियलको साथ र सहयोग कारणका छिन् । डायनियल उनको जिवनमा नहुन्थे भने आज उनी यती सफल हुने थिइनन् , उनले बताइन् ।

No comments:

Post a Comment