भ्यालेन्टाइन्स डेमा प्रेमगीत


अघिल्लो वर्ष इस्केप नामक फिल्म त भयो तर दर्शकले पत्तै पाएनन् । फिल्मकै हरिबिजोग भएपछि हिरोको त के भाउ होला त ? यसरी पहिलो गाँसमै ढुंगा पर्ने अभागी हिरो थिए, प्रदीप खड्का । उसो त इस्केपमा उनको अभिनय मात्र होइन, लगानी पनि थियो । तर, फिल्म प्रदर्शन हुँदासमेत ‘राइज’मा नआएका यी हिरो यतिबेला फिल्मवृत्तमा हिट छन् । कारण हो, फिल्म प्रेमगीत ।

यसको शीर्ष गीत सार्वजनिक भएपछि प्रदीपले धेरैको ध्यान खिचेका हुन् । ट्रेलर रिलिजपश्चात् चर्चा अझ बढेको छ । हिरोइन पूजा शर्मासँग रोमान्स गरेका छन् । चक्लेटी लुक्सका कार ण उनलाई आर्यन सिग्देल र अनमोल केसीसँग दाँजिएको छ । प्रेमगीतकै निर्देशक सुदर्शन थापाको मेरो एउटा साथी छले आर्यनलाई मासमा चिनाएको थियो । प्रदीपको भागमा के पर्ने हो ? आउँदो भ्यालेन्टाइन्स डेमा प्रेमगीत रिलिज भएपछि थाहा हुनेछ

No comments:

Post a Comment