सर्वाधिक कामुक महिला

सौन्दर्य र महिला एकअर्काका पूरक हुन् । आफूलाई सुन्दर देखाउन महिलाहरूले प्राचीनकालदेखि नै अनेकौं उपाय अपनाउँदै आएका छन् । महिलाहरूको सौन्दर्यसम्बन्धी पूर्वी तथा पाश्चात्य मान्यतामा केही भिन्नता छ । तैपनि आफ्नो रूप र यौवनले पुरुषहरूलाई आकर्षित गर्ने क्षमता भएका महिलाहरू नै सबैको नजरमा पर्छन् । अनुहार तथा शरीरको बनोट बाहेक हाउभाउ तथा कामकलाका कारण पनि महिलाहरूको सौन्दर्यको मापन गरिँदै आएको छ । यसै सन्दर्भमा अमेरिकालगायत थुप्रै देशबाट प्रकाशित हुने पत्रिका एफएचएमले सन् २०१५ का १० उत्कृष्ट कामुक महिलाको सूची जारी गरेको छ ।


१. मिसेल किगन
कामुक महिलाहरूको यो सूचीको पहिलो स्थानमा बेलायती अभिनेत्री मिसेल किगन छिन् । गत वर्ष कामुक महिलाहरूको यो सूचीमा उनी दोस्रो स्थानमा थिइन् । सन् १९८७, ३ जुनमा जन्मिएकी किगनलाई मानिसहरूले कोरोनेसन स्ट्रिट टेलिशृङ्खलाको अभिनयका कारण चिन्छन् ।

२. केन्डल जेनर
कामुक महिलाहरूको सूचीको दोस्रो स्थानमा फेसन मोडल केन्डल जेनर छिन् । गत वर्ष यो सूचीको ३१ औं स्थानमा रहेकी जेनर सन् १९९५, ३ नोभेम्बरमा जन्मिएकी हुन् । जेनरलाई मानिसहरू उनको फेसन सेन्सका लागि सम्झन्छन् ।

३. जेनिफर लरेन्स
कामुक महिलाहरूको सूचीको तेस्रो स्थानमा हलिउड अभिनेत्री जेनिफर लरेन्स छिन् । गत वर्ष यो सूचीको पहिलो स्थानमा रहेकी लरेन्स सन् १९९०, १५ अगस्तमा जन्मिएकी हुन् । लरेन्सलाई मानिसहरू उनले देखाउने उत्तेजक हाउभाउका साथै गम्भीर अभिनयका कारण चिन्छन् ।

४. केट अप्टन
यो सूचीको चौथो स्थानमा छिन्– हलिउड अभिनेत्री तथा मोडल केट अप्टन । गत वर्ष उनी यो सूचीको १८ आंै स्थानमा थिइन् । सन् १९९२ जून १० मा जन्मिएकी अप्टन आफ्ना चलचित्रभन्दा द इलुस्ट्रेट विक्ली पत्रिकाका लागि गरिने फोटोसेसनका कारण बढी चर्चामा आउँछिन् ।

५. क्यारोलिन फ्लेक
सर्वाधिक कामुक महिलाको पाँचौं स्थानमा बेलायती टेलिभिजन प्रस्तोता क्यारोलिन फ्लेक छिन् । उनी यो सूचीमा पहिलोपटक देखापरेकी हुन् । क्यारोलिन द एक्स फ्याक्टर, लभ आइल्यान्ड जस्ता टेलिभिजन कार्यक्रमका कारण चर्चामा आएकी हुन् । उनी नोभेम्बर ९, १९७९ मा जन्मिएकी हुन् ।

६. एरियना ग्रान्डी
गत वर्ष यो सूचीको ७७ औं स्थानमा रहेकी अमेरिकाकी गायिका तथा अभिनेत्री एरियना ग्रान्डी यो वर्ष छैटौं स्थानमा उक्लिएकी छिन् । सन् १९९३ जुन २६ मा अमेरिकाको फ्लोरिडामा जन्मिएकी एरियना ग्रान्डी टेलिभिजन कार्यक्रम स्क्रीम क्वीन्स तथा साम एन्ड क्याटबाट चर्चामा आएकी हुन् ।

७. मार्गोट रोबी
कामुक महिलाको यो सूचीको सातौं स्थानमा बेलायतकी टेलिभिजन अभिनेत्री मार्गोट रोबी छिन् । रोबी गत वर्ष यो सूचीको २६ औं स्थानमा थिइन् । सन् १९९० जुलाई २ मा अस्ट्रेलियाको क्वीन्सल्यान्डको गोल्डकोस्टमा जन्मिएकी रोबी हाल बेलायतमा बसोबास गर्छिन् ।

८. लुसी म्याक्लेनवर्ग
कामुक महिलाको सूचीको आठौं स्थानमा बेलायती मोडल तथा टेलिभिजन अभिनेत्री लुसी म्याक्लेनवर्ग छिन् । उनी गत वर्ष पनि आठौं स्थानमै थिइन् । सन् १९९२ अक्टोबर २४ मा जन्मिएकी लुसी म्याक्लेनवर्ग आफ्नो कामुक तथा उत्तेजक हाउभाउका कारण लोकप्रिय छिन् । लुसी आफ्नो निजी जीवन सार्वजनिक नगर्ने कलाकारका रूपमा समेत चर्चित छिन् ।

९. एमिलिया क्लार्क
कामुक महिलाको सूचीको नवौं स्थानमा बेलायतकी टेलिभिजन कलाकार एमिलिया क्लार्क छिन् । उनी गत वर्ष यो सूचीको ११ औं स्थानमा थिइन् । सन् १९८६ अक्टोबर २६ मा जन्मिएकी क्लार्क टेलिशृंखला गेम अफ द थ्रोन्सका कारण चर्चित छिन् ।

१०. केली ब्रुक
कामुक महिलाहरूको सूचीको दसौं स्थानमा बेलायतकी मोडल तथा अभिनेत्री केली ब्रुक छिन् । गत वर्ष यो सूचीको २३ औं नम्बरमा रहेकी ब्रुक आफ्ना कामुक हाउभाउ र ब्वायफ्रेन्ड फेरिरहने दिनचर्याका कारण चर्चामा आइरहन्छिन् । सन् १९७९, २३ नोभेम्बरमा जन्मिएकी ब्रुक पछिल्ला केही वर्ष सुस्ताएकी थिइन् ।



No comments:

Post a Comment